पाथीभरा हिन्दू एवं बौद्धहरूको पुजा गर्ने पुर्वको एक महत्त्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ ।
पाथीभरा मन्दिरमा वर्षभरि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।



