भारतको जियो प्लाटफर्म्स लिमिटेडले टिकटकजस्तै छोटा भिडियोहरू बनाउन र सेयर गर्न मिल्ने एप बनाउने भएको छ । भारतमा टिकटक प्रतिबन्ध छ । त्यसकारण जियोले इन्स्टाग्राम र फेसबुक रिल्स, गुगलको युट्युब सर्ट, सेयरच्याटजस्ता एप तथा फिचरको प्रतिश्पर्धीका रूपमा ‘प्लाटफर्म’ नामक छोटा भिडियोसम्बन्धी एप बनाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

